
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अवधिमा ७३१ जना निको भई घर फर्केका छन् । यसका अलवा यस अवधिमा ८ जनाले ज्यान गुमाएका छन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या दुई लाख ५९ हजार ५८४ पुगेको छ भने निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ । हालसम्म कुल १८४० जनाको मृत्यु हुँदा देशभर ६ हजार ३९६ जना सक्रिय संक्रमित रहका छन् ।