
काठमाडौं : अष्ट्रेलियाले राष्ट्रिय गानमा आदिवासी मानिसहरुको प्रतिनिधित्व गराउन केही परिवर्तन गरेको छ । अष्ट्रेलियाको राष्ट्रिय गानमा सुनिने ‘योङ एण्ड फ्रि’ (युवा र स्वतन्त्र) शब्द हटेको छ । अष्ट्रेलियाका आदिवासीहरु विश्वको सबैभन्दा लामो सभ्यता बोकेको समुदाय हो । त्यसैले अष्ट्रेलियाले राष्ट्रिय गानको उक्त शब्द हटाउन लागेको छ । आजबाट लागू हुने उक्त राष्ट्रिय गानको हटाइएको शब्दमा ‘वी आर वान एण्ड फ्रि’ (हामी सबै एक र स्वतन्त्र )राखिएको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले नयाँ राष्ट्रिय गानले मानिसहरुमा एकताको भावना विकास गर्ने धारणा व्यक्त गरेका छन् । अष्ट्रेलिया बेलायतको उपनिवेशमा आउनुभन्दा हजारौं वर्ष पहिला त्यहाँ आदिवासी समुदायको बासबास रहेको बताइन्छ । सरकारले अहिले परिवर्तन गरेको राष्ट्रिय गानको विषयमा अष्ट्रेलियाभर स्वागत गरिएको छ ।