पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या दुई लाख ६३ हजार १९३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४९५ रहेको छ ।

, सक्रिय संक्रमितको संख्या ५१३३ छ । यस्तै, कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएका छन् । कोरोनाकै कारण हालसम्म कुल १८९९ ले ज्यान गुमाएका छन् ।