इटहरीलाई भ्रष्टाचार मुक्त बनाउने अभियानका साथ नगरवासीहरू सडकमा

सुनसरी।  इटहरी उपमहानगरलाई भ्रष्टाचार मुक्त बनाउने अभियानका साथ नगरवासीहरू आज सडकमा उत्रिएका छन ।

 

भ्रष्टाचार बिरूद्धको अभियान अन्तरगत बिभिन्न नारा सहितको प्लेकार्ड बोकेर उपमहानगरवासीहरू सडकमा निस्किएका हुन ।

 

 

 

 

नगरवासीहरूले इटहरीका मेयर द्वारिकलाल चौधरीले अघि बढाएको भ्रष्टाचार बिरूद्धको कदमलाइ स्वागतम भन्दै उहाँको समर्थनमा नारावाजी समेत गरेका थिए ।

 

इटहरीको २० वटै वडाहरूबाट भेला भएका नगरवासीहरूले मेयरको तस्विर आंकित गरिउका ब्यानरलाइ अघाडी राखेर बिभिन्न चौकहरू परिक्रमा गरी ब्यवसायिक भवन सेन्ट्रोलप्लाजा अघाडी कोणसभा गरेका थिए ।