
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिक प्रयोग हुने खाद्यवस्तुको महत्व नबुझेर केही विद्वानले बेसारको मजाक उडाएको बताएका छन् ।




विश्व योग दिवसको अवसारमा आइतबार बिहान भर्चुअल कार्यक्रममा राष्ट्रिय योग अभ्यासक्रम (प्रोटोकल) पुस्तिका सार्वजनिक गर्दै उनले केही विद्धानहरुले पूर्वजको ज्ञानलाई मजाक बनाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘आहारा, व्यायम र आरामको सन्तुलन मिलाए मात्र स्वस्थ्य रहन सकिन्छ,’ उनले भने, ‘मैले बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ भन्दा केही विद्धानले बेसार अदुवालाई मजाक बनाए ।’
यसैगरी विश्व योग दिवसमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले तनाव, अवसाद, द्धेष, ईश्र्या र निन्दाबाट दुष्प्रभावबाट मुक्त गर्दै समाजलाई स्वथ्य, खुशी र मनोचेतनाले डोर्याउन योग मानवीय जिवनको अङ्ग बन्नु आवश्यक भएको बताएका छन् ।
कोरोना महामारीका बेला औषधीय गुणयुक्त आहर, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्त महत्वपूर्ण विषय हुन् । ती कुराका लागि योग शास्त्रले ज्ञान दिँदै आएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिँदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्ने बताए ।
शारीरिक एवं मानसिक स्वस्थ्य र निरोगी नागरिक समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने मुख्य आधार भएको ओलीले बताएका छन् ।