
झापा। गौरादह नगरपालिकाको भेट्वाल चोकमा टिपरले ठक्कर दिँदा एक जनाको घटनास्थल मै मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरादह-७ निवासी १० वर्षीय ओमराज गिरि छ्न ।
दमकबाट गौरीगंज जाँदै गरेको मे १ ख २७०४ नम्बरको टिपरलेे गिरिलाई दिउँसो २:१५ बजे ठक्कर दिएको थियो।
ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।