
२०७७, माघ १७/ कोरोना महामारीको रोकथामतथान्यूनीकरणका लागीसरकारले गत चैत्र ११ देखि बन्द गरेको अन्तराष्ट्रिय सीमानाकाहरु आवश्यकशर्त सहितखुुल्लागरेको छ ।
सरकारले विराटनगरको रानीभन्सारसहितभारत र चीनसँग सीमा जोडिएका देशभरिका ३० वटा नाकाहरु खुल्लागरेको हो । गृह मन्त्रालयले बिहीबार भारत र चीनसँगप्रत्यक्षसीमा जोडिएका जिल्लाहरुमापत्राचार गर्दै नाकाखुल्ला गर्न निर्देशनदिएको हो ।निर्देशनअनुसार बिहीबारदेखि देशभरि भारतसँग सीमा जोडिएका २८ र चीनसँग सीमा जोडिएका २ सीमानाकाहरु खुलेका छन् ।
कोरोना महामारीका कारण गतचैत्रको पहिलो सातादेखि सरकारले अन्तराष्ट्रिय सीमानाकाहरु सहितआन्तरिक तथाबाह्य हवाई उडान समेत बन्द गरेको थियो । दुई महिनायताहवाई सेवा सञ्चालनमाआईसकेपनि सीमानाकाहरु बन्दथिए । सीमानाकाबन्दहुँदापछिल्लो समय घरायसीकिनमेल, औषधीउपचार र आफन्त भेटघाट लगायतकाकार्यहरु प्रभावितभएको भन्दै जनस्तरबाट पनि सीमानाकाखोल्न दबाबआईरहेको अवस्थालाई मध्यनजर गर्दै गत माघ ११ गते बसेको मन्त्रिपरिषदको बैठकलेआवश्यकशर्तसहितनाकाखोल्नुपर्ने निर्णय गरेको थियो । बिहीबारमन्त्रिपरिषदको निर्णय कार्यान्वयनगर्दै गृह मन्त्रालयले सीमानाकाहरु खोल्न देशभरका २५ वटा जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन गरेको हो ।
निर्देशनअनुसार नेपाल, भारत र चीनकाआमनागरिकहरुले अतिआवश्यक परेको खण्डमा कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को वेबसाईटमा राखिएको अनलाईन फर्म भरेर मात्र सीमा नाकाबाट आवागमन गर्न पाउनेछन् ।अनलाईन फर्म भरेपछि प्राप्तहुनेबारकोड सहितको रसिद देखाएर सम्बन्धितभन्सारबाटआमनागरिकले आवागमन गर्न पाउने गरि सरकारले निर्देशन गरेको जिल्लाप्रशासनकार्यालय मोरङका सहायकप्रमुखजिल्लाअधिकारी धुव्र बहादुर खड्काले बताउनुभयो ।उहाँले सामान्यअवस्थामा जस्तो किनमेल र घुमफिरकै लागीभने नाकानखोेलिएको जानकारी दिनुभयो ।
यस्तै अहिले नयाँ स्वरुपको भाईरस देखिएको ठाउँबाट आउने नागरिकहरुले ७२ घण्टाभित्रको पिसिआर परिक्षणको रिपोर्ट पनि साथमालिएर आउनुपर्ने सरकारकोे शर्त रहेको सहायक प्र.जि.अ धुव्र बहादुर खड्काले स्पष्ट पार्नुभयो ।
सरकारी निर्देशनसँगै हालईलामको पशुपतिनगर, झापाको काँकडभिट्टातथाखजुरगाछी, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौरतथाबंकुल, पर्साको विरगञ्ज, रसुवाको रसुवागढी, रुपन्देहीको वेलहिया, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको खलंगातथा पुलाघाट, बैतडीको झुलाघाट,सुनसरीको भन्टाबारी र सप्तरीको कुनौलीनाकाखुलेका छन् ।
यस्तै धनुषाको जटही तथाईनरुवा, महोत्तरीको भिट्टामोड, सर्लाहीको मलंगवा, बाराको मटिअर्वा तथासिम्रौनगढ,पुर्वी नवलपरासीको त्रिवेणी, पश्चिमीनवलपरासीको महेशपुर, कपिलवस्तुको तौलिहवातथा कृष्णनगर, दाङको कोईलाबास, बर्दियाको सुरजपुर र सिन्धुपाल्चोकको तातोपानीनाका पनि खुल्लाभएको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्रालयलकाअनुसार सीमानाकाबाट आवतजावत गर्ने नेपालीनागरिकहरुको हकमाभने सरकारले आवश्यक रेकर्ड राखेर स्वास्थ्य परीक्षणपछि मात्रनेपालभित्रिनदिने व्यवस्थामिलाएको छ । स्वास्थ्यपरिक्षणमा केही लक्षण देखिएउनीहरुलाई तत्कालै क्वारेन्टाईनमा राखिने सरकारको तयारी छ । भारतीयनागरिकहरुको हकमाभने गृह मन्त्रालयसँग समन्वय गरेरमात्र नेपालप्रवेश दिने जनाईएको छ ।