
पोखरा : कास्कीको पोखरा महानगरपालिका १० बुद्धचोकमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।
गुडिरहेको ना ५ ख १६ ५० नम्बरको ट्रकमा तीव्र गतिमा रहेको ग १६ प ५३० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परि पर्वतको पैयुँ गाउँपालिका ४ भोर्लेका मोटरसाइकल चालक अनिल गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मोटरसाइकल पछाडि बस्ने पर्वतको महाशीला गाउँपालिका ३ का गौतम अधिकारीको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।