सरकारले ल्यायो अर्काे अध्यादेश

काठमाडौं : संवैद्यानिक परिषदसम्बन्धी अध्यादेशका कारण विवादमा तानिएको सरकारले शुक्रबार पुनः अर्को अध्यादेश ल्याएको छ ।

बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ ल्याइएको हो । मन्त्रिपरषदको सिफारिसमा अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ उपधारा (१) बमोजिम जारी गरेका छन् ।

यही माघ २५ गते बेपत्ता परिएका व्यक्तिको छानविन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको एकवर्षे समयावधि समाप्त हुन लागेकै बेला सरकारले म्याद थप्न अध्यादेश ल्याएको हो ।