साहित्यकार सुरेन्द्र महर्जन अमरको छायाँ एल्बम सार्वजनिक

ओएसनेपालको आयोजनामा राईजिङ्ग कृयटिभको प्रस्तुतिमा राजधानीमा एक समारोहबीच सुरेन्द्र महर्जन”अमर” को २८ औं कृति छायाँ गीतिएल्बम सार्वजनिक भएको छ । एल्बमभित्र मेलिना राई र प्रदिप ग्लानको स्वर रहेको ”म भन्दा नी” मिलन नेवार र दिपक लिम्बुको स्वर रहेको ”फेसबुकमा लेखूँ कि टुइटरमा लेखूँ”, प्रदिप ग्लानको स्वरमा ”आँसु झर्दा पुच्छी दिने”, रिता के. सीको स्वरमा ‘थाहै नपाई”, आर्यन खत्री र संगीता रायमाझीको स्वरमा ”तिम्रो कसम” र लुमा स्याङ्ग्बोको स्वरमा ”रमझम रमझम लाग्छ तिमी साथ हुँदा” स्वर रहेको छ ।

गीतहरूको संगीतकारहरूमा राम कार्की, पुष्कर सुनुवार, राजकुमार, सबिन लिम्बुको रहेको छ भने गीतहरूको एरेन्जर पुष्कर सुनुवार, राम कार्की, टंक बुढाथोकी, बुद्ध सायमी आदि रहेको छ । कार्यक्रममा गायक प्रदिप ग्लानले मिठो म भन्दा नि-३ को गीत गाउनुका साथै मन्तव्य व्यक्त गरेको थियो ।पत्रकारहरू तुलसी गिरी, कविराज बुढाथोकी, बिकाश आचार्य, यमन पौडेल, पाशङ्ग तामाङ, राजु श्रेष्ठ, संगीतकारहरू सन्तोष श्रेष्ठ, विनोद श्रेष्ठआदिले सुरेन्द्र महर्जन”अमर” को कृति बारे धारणा राख्नु भएको थियोे । ओएसनेपालको तर्फबाट विवेक कार्कीले मन्तव्य व्यक्त गरेको थियो ।