पछिल्लाे २४ घण्टामा देशभर ६६ जना काेराेना संक्रमित, ५८ जना काेराेनामुक्त

पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७४ हजार ७ सय २१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ८ सय ७२ रहेको छ। पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या दुई लाख ७० हजार ८ सय ८६ पुगेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ।