
एजेन्सी । मेक्सिकोको दक्षिण पश्चिममा मङ्गलबार एक जना पत्रकारको हत्या भएको छ । टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा काम गर्दै आएकी नोर्मा साराबीयाको हत्या भएको मेक्सिको प्रहरीले पुष्टि गरेको छ ।


टाबास्को राज्यका अरु सञ्चार माध्यममा समेत कार्य रहेकी ति पत्रकार यसै वर्ष मेक्सिकोमा हत्या गरिएका मध्ये छैटौं पत्रकार हुन् । पत्रकारहरुका लागि विश्वमै मेक्सिको सबैभन्दा खतरनाक मुलुक हो ।
बिज्ञापन



सन् २००० यताका १९ वर्षमा मेक्सिकोमा झण्डै १०० पत्रकारको हत्या भइसकेको छ । लागूपदार्थका तस्कर र राजनीतिक भ्रष्टाचारीका कारण पत्रकारको ज्यान जोखिममा पर्ने गरेको अध्ययनहरुले देखाएका छन् ।
