

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव माओवादी’ का नेता नरबहादुर कार्कीले कर नतिर्ने एनसेल मोबाइलको सिमकार्ड फिर्ता गर्न अपिल गरेका छन्।




एनसेलले राज्यलाई कर नतिरेको भन्दै आन्दोलन गरिरहेको विप्लव माओवादीका नेताहरु एनसेलको सिम फिर्ता गर्न ‘नो ट्याक्स नो एकसेल’ अभियानमा जुटेका छन्।
नेता कार्कीले अरबौ कर छलि गरेर एनसेलले नेपाली जनतामाथि लुट मच्चाएको भन्दै उक्त अभियानमा सहभागि हुन अपिल गरेका छन्। उनले सामाजिक संजाल फेसबुक पेजमा स्टाटस राख्दै एनसेल सिम फर्काउने आन्दोलन जरुरी भएको कुरा उल्लेख गरेका छन्।
कार्कीले जनताको ७३ अर्ब छली गरेको, मिलेमतोमा ढाक्न खोजिन्छ, हक माग्दा दमन गरिन्छ भने हेरेर नबसौं भन्दै ‘एनसेल’ को लुटबिरुद्व सबै एकजुट हुन आह्वान गरेको छन्।
उनको स्टाटस यस्तो छः
त्यस्तै लोकप्रिय नायिका एवम् छोरीका लागि स्वणिम नेपाल, महाअभियानकी अभियान्ता रेखा थापाले पनि उक्त अभियानलाई मौन समर्थन जनाएकी छन्। नेता कार्कीको स्टाटसलाई साभार गरेर आफ्नो फेशबुकमा राखेका छन्।