उपचार खर्च तिर्न नसकेपछि बुवाआमाले छाडेर हिँडेका एक शिशुको मृत्यु

विराटनगर । बुवाआमाले छाडेर हिँडेका एक शिशुको आइतबार राति नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। ती शिशुलाई एनआईसीयूमा भर्ना गरेपछि बुवाआमा चार दिनअघि सम्पर्कविहीन भएका थिए। उपचार खर्च तिर्न सक्ने अवस्था नभएको भन्दै उनीहरू भागेको पाइएको प्रहरीले जनाएको छ।

प्रसूति व्यथाले च्यापेपछि अस्पताल ल्याउँदै गर्दा मरण्डीकी श्रीमती पार्वती मुर्मुले फागुन २५ गते बाटोमै छोरा जन्माएकी थिइन्। स्वास्थ्य समस्या रहेको थाहा पाएपछि राजा र पार्वतीले छोरालाई विराटनगरको सञ्जीवनी अस्पताल पुर्‍याएका थिए। उक्त अस्पतालले स्वास्थ्य अवस्था गम्भीर रहेकाले तत्काल एनआईसीयूमा भर्ना गर्न भनेपछि उनीहरूले नोबेल अस्पताल पुर्‍याएका थिए।

बिज्ञापन

मरण्डीले साथमा रहेको १६ हजार रुपैयाँ भोलिपल्टै सकिएपछि शिशुलाई अस्पतालमै छाडेर भाग्नुपरेको बयान प्रहरीसमक्ष दिएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।