आजको मौसम : केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं- शनिबार प्रदेश–१ र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भू-भागमा मौसम सामान्य रहने छ ।राति भने केही पहाडी क्षेत्रहरूमा आंशिक बदलीबाहेक अन्य स्थानमा मौसम सफा रहने विभागले जनाएको छ ।