
हेटौंडा । मकवानपुरको भिमफेदी सानुटारमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर–१ सानुटारमा कन्टेनर ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ सिचाई टोल बस्ने २४ बर्षीय अनिश खड्का रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार राति भिमफदीको भैसेबाट हेटौंडातर्फ आउदै गरेको ना ५ख ८१२९को ट्रक र विपरीत दिसाबाट जाँदै गरेको ना १९ प ८९६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्किएर दुर्घटना भएको थियो ।
मोटरसाइकललाई ठक्कर दिएको कन्टेनर सडकबाट एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक अविनास अधिकारीले जानकारी दिए ।
उक्त दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते हुनेमा कन्टेनरका चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२२ दुई नम्बर पुल बस्ने अन्दाजी ३२ वर्षका मधुकर विष्ट र कन्टेनरका मालिक मकवानपुरको भिमफदी गाउँपालिक वडा नम्बर–२ बस्ने वर्ष २८ का सुरेश घलान रहेको प्रहरी निरिक्षक अधिकारीले जनकारी दिए ।