बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा जुट्न सभामुखको अपील

काठमाडौं : सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा जुट्न सभामुख अग्निप्रसाद सापकोटाले अपील गरेका छन् । सभामुख सापकोटाले पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहतका लागि जुट्न सबै पक्षलाई अपील गरेका हुन् ।

 

बिज्ञापन

सभामुख सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा मंगलबार रातिको बाढी र पहिरोबाट ७ जनाको मृत्यु भएको छ । हराइरहेकाहरूको खोजी जारी छ ।

‘सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा हिजो साँझदेखि लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको अपूरणीय मानवीय र भौतिक क्षतिको खबरले स्तब्ध छु ।

विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ सापकोटाले भनेका छन् । सापकोटा स्थलमार्ग हुँदै आजै सिन्धुपाल्चोक जाँदै छन् ।