सुनको मुल्य रोकिएन उकालो लाग्ने क्रम

काठमाडौ। बुधबार पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ ।आज तोलामा ५०० रुपैंयाले बढेर प्रतितोला ८८ हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।तेजावी सुनको मुल्य आज प्रतितोला ८७ हजार ५५० रुपैंया कायम भएको छ ।

यस्तै, चाँदीको मुल्य आज तोलामा १० रुपैंयाले बढेर प्रतितोला १२ सय ४५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।