भक्तपुर प्रशासनबाट साधारण तारेखमा छुटे दुर्गा प्रसाईं

झापास्थित बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं जिल्ला प्रशासन कार्यालय भक्तपुरमा हाजिर भएर छुटेका छन् ।

 

बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय भक्तपुरमा हाजिर भएका प्रसाईं साधारण तारेखमा छुटेका हुन् । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको आदेशले उनी छुटेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी सविन प्रधानले जानकारी दिए ।

 

मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानिको मुद्दा दर्ता गराएका थिए ।

 

सोही उजुरीका आधारमा भक्तपुर प्रहरीले जिल्ला प्रशासनबाट २ माघमा पक्राउ अनुमति लिएको थियो । तर, उनी बिहीबार आफैँ जिल्ला प्रशासनमा आई हाजिर भएर छुटेका हुन् । उनी यसअघि प्रहरीको खोजीको सूचीमा थिए ।

शिलापत्र