
दमक । बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा एक व्यक्ति मृत फेला परेका छन् ।अर्जुनधारा नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ५० का गौतम परियार मृत भेटिएका हुन् ।

सडकबाट पश्चिम पट्टीको झाडीमा लास सड्न लागेको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले ओमकार टाइम्सलाई जानकारी दिए ।
बिज्ञापन



थापाका अनुसार लाशलाई सम्पूर्ण प्रक्रिया पूरा गरि पोष्टमार्टमका लागि धरान स्थित वी.पी. कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान लगिएको छ ।
