
ललितपुर । ललितपुरमा एक ११ वर्षीय बालकले आत्महत्या गरेका छन् ।
ललितपुरको बाग्मती गाउँपालिका–२ माल्टास्थित ११ वर्षीय समिर लुङवाले शनिबार राती ९ बजे सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन् ।
समिर कालिदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत छन् । उनको रोल नम्बर ५ हो । प्रहरीले आत्महत्याको अनुसन्धान गर्ने क्रममा बालकको सुसाइड नोट पनि बरामद गरेको छ । सुसाइड नोटमा बालकले आफूलाई कसैले पनि माया नगरेको, घरमा पनि हेँला गरेको, स्कुलमा शिक्षकले पिट्ने गरेको उल्लेख गरेको प्रहरीले जनाएको छ ।
बालकले लेखेको सुसाइड नोटमा के छ?
‘मेरो नाम समिर लुङ्वा हो । म कक्षा ५ मा पढ्छु । मेरो रोल नम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुखमा छु, मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाई भाउजुले हेँला गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दै छु । सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भन्ने । म यति भन्दै बिदा माग्छु । म एघार बर्ष भएँ ।’
बालकले आत्महत्या गर्नुको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।