चट्याङ लागेर तीन बालकको मृत्यु , एक जना बालक घाइते | www.omkartimes.com

दाङ । दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ, भने एक जना बालक घाइते भएका छन् ।

 

बिज्ञापन

चट्याङ गलबार साँझ ६ः १५ बजे तिर परेको हो । चट्याङ लागेर ज्यान गुमाएकाहरु राप्ती गाउँपालिका वडा नं. ३ मौरीघाट निवासी ११ बर्षीय रमीत चौधरी, ११ बर्ष कै बिनास चौधरी र १३ बर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक विनोद विक्रम शाहले वताएका छन् ।