
काठमाडौ । गायक शम्भु राई र प्रकाश सपूतबीच गीत चोरीका विषयमा बढेको विवाद टुंगिएको छ ।

बिज्ञापन



सपूतको ‘गलबन्दी च्यातियो’ बोलको गीत राईको देउसी भैलो गीतको लय तथा संगीतसँग मिलेको निष्कर्ष निकाल्दै उनीहरु सहमतिमा पुगेका हुन् । सहमतिअनुसार गलबन्दी च्यातियोमा शम्भु राईको संगीत राखिने भएको छ ।

सहमतिपत्रमा भनिएको छ, ‘दुवै गीतमा भाका मिल्न गएको हकमा लोक दोहोरी गलबन्दी च्यातियाे बोलको गीतको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपूत हुने गरी युट्युबको हकमा प्राविधिक रुपमा मिल्नेसम्म शम्भु राईको नाम समावेश गरी सच्याउने तथा अन्य प्रकाशन गरिने क्षेत्रमा सोहीबमोजिम नाम समावेश गरी ‘गलबन्दी’ बोलको गीतलाई प्रकाशन गरिनेछ ।’
दुई गायकबीच भएको चार बुँदे सहमतिपछि राईले कम्पनी रजिस्टारमा दर्ता गराएको ‘चोरी मुद्दा’ फिर्ता हुने भएको छ ।