भलिबल गतिबिधीमा रोक लगाउने संघको निर्णय

काठमाण्डौ।  बढ्दो कोरोनाको प्रभाव तथा नेपाल सरकारले देशका विभिन्न स्थानमा लगाएको निषेधाज्ञालाई मध्येनजर गर्दै नेपाल भलिबल संघले देशभर अर्को निर्णय नभएसम्मका लागि भलिबल गतिबिधिमा रोक लगाएको छ।

आज एक विज्ञप्ती जारी गर्दै संघले यस्तो जानकारी गराएको हो।

विज्ञप्ती यसप्रकारको रहेको छ:

नेपाल भलिबल संघ ले नेपाल सरकार को नियमानुसार कोरोना माहामारी कोभिड १९ ले देश का बिभिन्न स्थान मा गरियका लकडाउन र सम्पुर्ण को स्वास्थ  स्थितिलाई मध्यनजर राख्दै हाल भलिबल खेल गतिविधि केहि समयको लागि स्थगित गरिएको जानकारी गराउदै आफु रहेको स्थान मा सुरक्षित रहन अनुरोध गर्दछ ।