
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू(भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिज्ञापन



अहिले देशको प्रदेश २ र प्रदेश १ मा सामान्य देखि पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश २ र प्रदेश १ का केहि भू(भागहरूमा मेघगर्जन चट्याङ्ग सहित वर्षा भइरहेको छ।
