
गुल्मी । शुक्रबार बिहान गुल्मीमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका ४ दजाकोटकी १८ वर्षीय करिश्मा गाहको जिल्ला अस्पताल तम्घासमा बिहान ८ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीसहित एकै परिवारका ७ जना घाइते भएका छन् ।

अर्को एक परिवारका दुई जना सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले घाइते ९ जनामध्ये एक जनाको मृत्यु भएको र अन्यको अवस्था सामन्य रहेको बताए । घाइते ४ जनालाई पाल्पा रिफर गर्न लागिएको उनले बताए ।
बिज्ञापन



पाल्पा रिफर गरिएकामा अन्दाजी ४२ वर्षीय जुनि गाह, सोही उमेरका तुलबहादुर गाह, वर्ष १८ कि मेलिना गाह र वर्ष ८ का जनित गाह रहेको जनाइएको छ ।
