प्रधानमन्त्रीले भने- ‘म सरकार चलाउन सक्दिनँ, दिक्क भइसकेँ’

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आफू सरकार चलाउन दिक्क भइसकेको बताएका छन् ।

शुक्रबार बालुबाटारमा पत्रकार सम्मेलन गरेर आफूले थप सरकार चलाउन नसक्ने बताएका हुन् ।

सरकार चलाउन नसक्ने भएकै कारण आफूले विश्वासको मत लिने प्रक्रियामा नगएको बताए ।

विरोधैविरोधका बीच आफूले सरकार चलाउन नसक्ने भन्दै वैकल्पिक सरकार लिएर आउन विपक्षी गठबन्धनलाई आग्रह गरे । घेराबन्दी गरेर सरकार असफल बनाउने अनि दोषजति प्रधानमन्त्रीको टाउको हाल्ने काम नगर्न विपक्षी गठबन्धनलाई आग्रह गरे ।