
काठमाडौं– बिपक्षी गठबन्धनले राष्ट्रपतिले दिएको समयसीमा भित्र बहुमतको सरकार गठनको दावी पेश गर्ने तयारी गरेका छन् । विपक्षी गठबन्धनले सांसदहरुको हस्ताक्षर संकलन शुरु गरिएको बताइएको छ ।

अहिले संसदमा कांग्रेसको ६१, माओवादी केद्रको ४९, एमालेका खनाल–नेपाल समूहको २८ सांसद छन् । जसपाको यादव समूहको १५ सांसद भएको दावी छ । ३२ सांसद रहेको जसपामा अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले भने आफूतिर बहुमत रहेको दावी गर्दै आएका छन् । प्रधानमन्त्रीले बैशाख २७ गते विश्वासको मत लिँदा जसपमा ठाकुर र यादव पक्षमा १५/१५ सांसद देखिएका थिए ।



एमालेको खनाल–नेपाल पक्षमा रहेका सांसदले हस्ताक्षर गरेमा देउवा नेतृत्वमा सरकार बनाउन बहुमत संख्या पुग्छ । संविधानके धारा ७६ (५) प्रतिनिधिसभाका कुनै पनि सदस्यले बहुमत पुर्याउन सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
