कतारका व्यापारिक मलमा ‘प्रोडक्ट अफ नेपाल’ लेखेका तरकारी छ्यापछ्याप्ती

काठमाडौं । झण्डै दुई दशक बढी समय नेपाली फिल्म क्षेत्रमा बिताएका कल्याण घिमिरेको पहिचान यति बेला फेरिएको छ।

 

 

खाडी मुलुक कतार सम्म उनले नेपालमा उत्पादित तरकारी पुर्याएका छ्न, अझ भनौ बजार बिस्तार गरेका छ्न । कतारका व्यापारिक मलमा ‘प्रोडक्ट अफ नेपाल’ लेखेका गुन्द्रुक र तरकारी छ्याप छ्याप्ती पाईन थालेका छ्न।

 

 

यो आईडिया कसरी आयो त भन्ने प्रश्नमा उनी भन्छन-
`दैनिक जसो किसानले गोलभेडा सडकमा फ्याँकेको, बन्दामा डोजर लगाएको समाचार पढ्थिए ।

 

 

पछिल्लो त्यस्तै समाचार पढ्दै गर्दा मलाई फिल्म प्रदर्शनका लागि कतार जाँदा त्यहाँको मलहरुमा देखिने अमेरिकी, भारतीय तथा बेल्जियमका तरकारी याद आयो। त्यहीबाट यस्तो सोच आएर अगाडि बढेको हुँ ।´

 

 

वैदेशिक रोजगारका क्रममा लाखौं नेपाली कतारमा छ्न। नेपाली तरकारी कतारमै पाउन थालेपछी उनिहरु खुशी छ्न।

 

 

कतारमा रहेका हिमाल नेपाल भन्छ्न – `कतारमै नेपाली तरकारी पाउन थालेको छ, यसको स्वादले गर्दा म त नेपालमै छु जस्तो लाग्छ। अन्य खाडी मुलुकमा पनि नेपाली तरकारीको बजार बिस्तार गर्ने हो भने देशलाई नै फाईदा हुन्छ। सरकारले कदम चाले हुने हो। ´