
काठमाडौं । तत्कालीन नेकपा माओवादीका लडाकु लेनिन बिष्ट न्याय खोज्न युरोप पुगेका छन्। युरोप गएका उनले तत्कालीन नेकपा माओवादीले राज्य पक्षसँग युद्ध लड्न भर्ना गरेका बालसैनिकको पक्षमा न्याय दिलाउन विभिन्न निकायलाई गुहारेका छन्।

बिष्टले युरोपियन एक्सटर्नल एक्सन सर्भिस, एसिया प्यासिफिक रिजनल अफेयर्स एन्ड साउथ एसिया, मेम्बर अफ जर्मन साउथ एसियन ग्रुप अफ पार्लियामेन्ट, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगलगायत निकायमा न्याय माग्दै पत्र बुझाएका हुन्। यो खबर आजको नागरिक दैनिकले छापेको छ ।