
सिरहा : कोरोना कहरका बीच मिर्चैयाका २२ युवाले रक्तदान गरेका छन् ।
स्थानीय जनसेवा युवा क्लबको पहलमा मिर्चैयास्थित कटारी चोकमा रक्तदान कार्यक्रम गरी युवाले रक्तदान गरेका हुन् ।
कोरोना महामारीका बेला रगतको व्यापक अभाव देखिएकाले रक्तदान गरेको आयोजक क्लबले जनाएको छ ।
कोरोना कहरमा रगतको अभावलाई न्यूनीकरण गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका मिर्चैया शाखा अध्यक्ष रोविन साहले बताए ।