केपी ओलीको ट्रस्टबाट सरकारले जफत गर्‍यो ६९ रोपनी जग्गा

सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको ट्रस्टबाट ६९ रोपनी जग्गा जफत गरेको छ । ओलीको नाममा तेह्रथुममा स्थापित ट्रस्टको ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारले जफत गरेको हो ।

सरकारले तोकेको हदबन्दीभन्दा बढी जग्गा ओलीको ट्रस्टको नाममा राखेको पाइएपछि त्यसलाई सरकारको नाममा ल्याउने निर्णय गरिएको हो । मालपोत कार्याल तेह्रथुमले दिएका जानकारी अनुसार हदबन्दीभन्दा धेरै भएको जग्गा सरकारको नाममा ल्याउने निर्णय भइसकेको छ ।

बिज्ञापन

भूमि व्यवस्था मन्त्रालयका अनुसार २०७८ असार २१ को निर्णयबाट ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारको स्वामित्वमा ल्याइएको हो । तेह्रथुममै कार्यालय रहेको यो ट्रस्टको अध्यक्ष ओली पत्नी राधिका शाक्य छिन् । नेपालको कानुनले पहाडमा ७५ रोपनीभन्दा बढी जग्गा एकै व्यक्ति वा संस्थाको स्वामित्वमा राख्न पाइन्न ।

यस्तो अवस्थामा ओलीको नाममा रहेको ट्रस्टले कानुन मिचेर १ सय ४३ रोपनी १४ आना एक पैसा जग्गा खरिद गरेको थियो । ओली प्रधानमन्त्री भएकै समयमा उक्त जग्गा किनिएको थियो ।