गृहमन्त्रीले सातै प्रदेशका आन्तरिक मामिला मन्त्री र तीनै वटा सुरक्षा निकायका प्रमुखलाई बोलाए गृहमन्त्रालयमा

काठमाडाैं – गृहमन्त्रालयमा गृहमन्त्री खगराज अधिकारीले विपद् व्यवस्थापन र निर्वाचन सुरक्षाको सम्बन्धमा छलफल शुरु गरेका छन्। सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरु र तीन वटा सुरक्षा निकायका प्रमुखहरुसँगको बैठक सिंहदरबारमा जारी छ।

 

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा बोलाएर गृहमन्त्री अधिकारी र ३ सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले जेठ ७ मा दोस्रो पटक संसद विघटन गरेर निर्वाचनको घोषणा गरेकी छिन्। कात्तिक २६ र मंसिर ३ मा चुनावको घोषण गरेपछि सो कदम विरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ।