
काठमाडौं : एक दलित युवतीलाई कोठा नदिएको आरोप लागेका एक घरधनीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरीले बबबरमहल निवासी सरस्वती प्रधानलाई पक्राउ गरेको हो ।
प्रधानले दलित भएकै कारण आफूलाई कोठा भाडामा नदिएको आरोप लगाउँदै २४ वर्षीया पत्रकार रुपा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन् ।
सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तबाट खटिगएको प्रहरीले ५८ वर्षीया प्रधानलाई पक्राउ गरेको डीएसपी रमेश बस्नेतले बताए ।
पक्राउ गरिएका प्रधानसँग अहिले प्रहरीले सोधपुछ गरिरहेको छ । यसअघि प्रहरीले घरबेटी प्रधानविरुद्ध गत शुक्रबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।