
झापा । झापामा जारी निषेधाज्ञा खुकुलो बनाउँदै थप एक साता लम्ब्याइएको छ ।
कोरोना महामारीको संक्रमण केही हदसमम कम हुँदै गएपनि जोमिख अझै रहेको भन्दै एक हप्ता निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
थपिएको निषेधाज्ञा केही खुकुलो बनाइएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जारी गरेको आदेशमा उल्लेख छ ।
अत्यावश्यक सामाग्री लिन घर बाहिर निस्कँदा स्वास्थ्य सुरक्षा अपनाउने, होटल तथा रेष्टुरेन्टहरुले टेकअवे सेवा मात्र संचालन गर्ने, सीमा नाका काँकरभिट्टाबाट विदेशी नागरिक प्रवेश स्थगन गर्ने लगायतको निर्णय भएको छ ।
सवारी साधन सञ्चालनमा लगाइएको रोकलाई यथावत राखिएको छ ।
पसलहरू भने दिउँसो १२ बजेसम्म खोल्नका लागि अनुमति दिइएको छ ।