
काठमाडौं, । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट नेता प्रदीप पौडेल देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको प्यानल छाड्ने भएका छन् ।

विश्वस्त स्रोतका अनुसार शर्माले संस्थापनइतर समूहको कुनै पनि पक्षबाट महामन्त्रीका लागि स्थान लगभग पक्का गरिसकेका छन् ।
बिज्ञापन



झापामा सिटौलासँग आन्तरिक प्रतिष्पर्धा गर्दै आएका शर्माले महामन्त्रीको दाबेदारी प्रस्तुत गर्दै आएका छन् ।

यद्यपि, उनले महामन्त्रीमा आफ्नो स्थान पक्का भएमा देउवा प्यानलमै रहने भएका छन् ।