
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका ४ जनामध्ये कुमार खड्का र मधुमाया अधिकारीले मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
खड्काले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।
खड्का कांग्रेसबाट र अधिकारी माओवादी केन्द्रबाट मन्त्री भएका हुन् । मन्त्रालय तोकिएकामध्ये अधिकारीले पद्भार ग्रहण गरिसकेकी छन् भने खड्काले आइतबार साँझसम्म पद्भार ग्रहण गर्ने जनाइएको छ ।
जेठ २९ गते मुख्यमन्त्री पोखरेलसँगै विना विभागीय मन्त्रीको सपथ खाएका अन्य दुई जना जनता सामाजवादी पार्टी (जसपा) का हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) ले भने मन्त्रालयको जिम्मेवारी पाएका छैनन् । यसपटक मनाङे नजरमा परेनन् ।