२,९७७ संक्रमित थपिए, १८ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा २,९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार १३,६९८ जनाको पीसीआर परीक्षण गर्दा १,९८२ र ३,६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २,९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल परीक्षणको झन्डै १७ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ ।

बिज्ञापन

योसँगै कुल संक्रमितको संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ । जसमध्ये २७ हजार ६६१ सक्रिय संक्रमित छन् ।

शुक्रबार कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६७८ जना निको भएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार सबैभन्दा बढी काठमाडौंमा ४१०, झापामा ३०१ ज.र चितवनमा १८६ जनामा संक्रमण पुष्टि भएको छ ।