नेपालमा कोरोनाबाट मर्नेको संख्या ९ हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा 3 हजार ७ कोरोना संक्रमणमुक्त भएका छन् । थप १९२० जनामा कोरोना संक्रमण देखिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनाको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनाको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै देशमा संक्रमित हुनेको संख्या हालसम्म ६ लाख ६५ हजार ७७७ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप ३४ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९००९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकमा ४२४ जना संक्रमित थपिएका छन् । जसमध्य काठमाडौंमा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् ।