दोस्रो एकदिवसीयमा नेपाल र केन्या भिड्दै

काठमाडौं । नेपालले आज घरेलु टोलीविरुद्ध दोस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो।

नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज जित्ने योजनामा हुनेछ। यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ ।

बिज्ञापन

नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज ३-२ ले जितेको थियो। तेस्रो एकदिवसीय खेल भने सोमबार हुनेछ।