एमाले कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।

 नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको छ । सिंहदरबारमा हिजो ९सोमबार साँझ कार्यदलको बैठक झन्डै डेढ घण्टा बसेको थियो ।

बैठकले अहिलेसम्मका घटनाक्रमको सामान्य समीक्षा गरको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए । उनका अनुसार पार्टीभित्रका समस्याका विषयमा आज ९मंगलबार देखि छलफल गर्दै छ ।

नेकपाको कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । झलनाथ खनाल–माधवकुमार नेपालका तर्फबाट रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।

आज पनि बस्दैप्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सकिएलगत्तै एमाले कार्यदलले सहमतिको प्रयास तिव्र पारेको हो । सर्वोच्चको फैसला आउनु अघि नै पार्टी विवाद मिलाउन ओली पक्ष निकै लचक देखिएको छ ।