
काठमाडौं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिको मंगलबारको बैठक सम्पन्न भएको छ ।
सीसीटीभी फुटेज गायब भएपछि छानबिनका लागि विशेष संसदीय छानबिन समिति गठन गरिएको थियो।
मंगलबार बसेको समितिको बैठकले पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बुधबार बोलाउने निर्णय गरेको छ। त्यसैगरि सीसीटीभीको हार्डडिस्क नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय गरेको छानबिन समितिले जनाएको छ।
समितिकी सदस्यसमेत रहेकी नेकपा एमालेकी सांसद बिमला बिकले पूर्वअर्थमन्त्री शर्मालाई बुधबारका लागि बयानका लागि बोलाइएको जानकारी दिइन् ।