छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद

आफ्नै छोरीलाई बलात्कार गरेको अभियोग लागेका बाबुलाई जिल्ला अदालत बाजुराले कसुरदार ठहर गर्दै जन्म कैदको सजाय सुनाएको छ । १४ वर्षीया छोरीलाई बलात्कार गरेका बुढीगंगा नगरपालिकाका ६७ वर्षीय बाबुलाई जिल्ला अदालत बाजुराका न्यायाधीश माधबप्रसाद घिमेरेको असार ३१ गतेको इजलासले जन्म कैदको सजाय सुनाएको हो । छोरीलाई जबरजस्ति करणी र हाडनाताकरणी गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ९१० र २१९ ९२० बमोजिम जन्मकैद अर्थात २५ वर्ष कदै र ५० हजार नगद जरिवाना तोकेको छ।

बुवाले छोरीलाई बलात्कार गरेपछि गर्भ रहेको घटना बाहिर आएपछि बालिकाका दाईले ०७७ साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोही दिन आरोपिलाई पक्राउ परेका थिए । ती बुबा विरुद्ध ०७७ साउन २२ गते जिल्ला अदालत बाजुरामा जबरजस्ति करणी र हाडनाताकरणी अन्र्तगत मुद्धा दर्ता भएको थियो।