औषधि व्यावसायीमाथि गोली प्रहार

सिरहामा अज्ञात समूहले एकजना औषधि व्यावसायीमाथि गोली प्रहार गरेको छ ।

 

शनिबार राति पौने ८ बजेतिरको समयमा मिर्चेया नगरपालिका -५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक ४० वर्षीय रामसागर साफीमाथि अज्ञात समूहले दुई राउण्ड गोली प्रहार गरेको प्रहरीले बताएको छ।

 

प्रहरीका अनुसार साफीको हात र तिघ्रामा गोली लागेको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ।