एन्फा एकेडेमीका ३ पदाधिकारीद्वारा राजीनामा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमी व्यवस्थापनको जिम्मेवारी पाएको समितिका तीन पदाधिकारीहरुले राजीनामा दिएको छ ।
समितिका संयोजकसहित ३ पदाधिकारीले मंगलबार राजीनामा दिएका हुन् ।
तीन सदस्यीय समितिमा दिनेश व्यञ्जनकार, सहायक महासचिव अरुणमान जोशी, सहकोषाध्यक्ष राजेन्द्र न्यौपानेले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा पत्र बुझाएका छन् ।
२०७७ मंसिर २५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट एन्फा होस्टल, खेल मैदान, व्यस्थापनसहित एन्फा परिसरमा फ्लड लाइट र सोभिनियर सप निर्माण गर्न दिएको जिम्मेवारीलाई स्वीकार गर्दै काम गरिरहे पनि कार्यव्यस्तताको कारण आजको मितिबाट नै राजीनामा दिएको एन्फालाई बुझाएको पत्रमा उल्लेख छ ।