
काठमाडाैं- मेयर मानबहादुर जिसीको उपचार खर्चका लागि पोखरा महानगरपालिकाले १० लाख रुयैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। पोखरा महानगरको मंगलबार बसेको ७१ औँ कार्यपालिका बैठकले मेयर जिसीको उपचारका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो।




मेयर जिसीलाई उपलब्ध गराइने उक्त रकम प्रकोप व्यवस्थापन कोषबाट खर्च गर्ने निर्णय भएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। मेयर जिसीलाई मस्तिष्कघात भएपछि उनको अहिले काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

शुक्रबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो । अस्पतालमा उनलाई मस्तिष्कघात भएको पुष्टि भएको थियो। त्यहाँ उनलाई प्राथमिक उपचारपछि शुक्रबारै दिउँसो हेलीकप्टर मार्फत काठमाडौं ल्याएको थियो। चिकित्सकहरुले उनलाई २४ घण्टे निगरानीमा राखेपछि उनको शल्यक्रिया नै गर्नुपर्ने बताएका थिए। त्यसपछि उनको शनिबार शल्यक्रिया गरिएको थियो।
अहिले उनको स्वास्थ्य अवस्था सुधारउन्मुख छ।