प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै

मोरङ : प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ । आजको बैठकमा विभिन्न विधेयकमाथि छलफल हुने कार्यसुची रहेको प्रदेश सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिव गोपाल पराजुलीका अनुसार बैठकमा प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलको क्रममा उठेका प्रश्नको भूमी, व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर राना मगरले जवाफ दिनेछन् ।

त्यस्तै आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ पेश गर्ने कार्यसूची रहेको छ । बैठक दिउँसो १ बजे बस्ने छ ।