एक जनाको ज्यान जानेगरी कैलालीमा भएकाे बम विष्फोटको जिम्मा विप्लवले लियाे | OmkaTimes.com

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ले कैलालीको धनगढीमा एक जनाको ज्यान जाने गरेर बिहीवार भएको बम विष्फोटको जिम्मा  लिएकाे छ ।

 

शुक्रबार दिउँसो समूहको सेती–महाकाली ब्यूरो इञ्चार्जले निर्माणको नामबाट विज्ञप्ति जारी गर्दै आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको जनाएको हो ।

 

 

विज्ञप्तिमा भनिएको छ, ‘विष्फोटमा परी घाइते हुनु भएका सर्वसाधारण नागरिकको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं ।

 

घाइतेको उचित उपचारको व्यस्वस्था पनि पार्टीले गर्ने प्रतिबद्धतासहित अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीमा घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन पार्टी विनम्र अनुरोध गर्दछ ।’

यस्ताे छ विज्ञप्तिः