निर्वाचनको मिति तय भएसँगै मतदाता नामावली संकलन आजबाट स्थगित

सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरिसकेको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति तय भएसँगै मतदाता नामावली संकलनको काम पनि आजबाट स्थगित गरेको छ ।

निर्वाचन आचारसंहिता अनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न आयोगले निर्देशन दिइसकेको छ । आयोगले हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका बताइएको छ ।

आयोगले जम्मा मतदाता नामावली सार्वजनिक गर्ने तयारी गरेको छ । सबै ठाउँबाट मतदाता नामावली प्राप्त भएपछि कुल मतदाताको संख्या पत्ता लाग्नेछ ।

निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्था छ । निर्वाचनको मिति घोषणा भएपछि सरकारले आयोगलाई सम्पूर्ण तयारी गर्न निर्देशन दिइसकेको छ ।

यसैबीच आयोगको बैठक सोमबार बसिसकेको छ । आयोगले निर्वाचनको तयारीमा जुट्न आफू मातहतका कार्यालयलाई ताकेता गरेको छ । आयोगमा रहेका कर्मचारी निर्वाचन सफलता पूर्वक सम्पन्न गर्न अग्रसर देखिएका छन् ।

देशभर करिव २ करोड मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ । यो भने पूर्ण तथ्यांक भने होइन् । आयोगले अनुमान गरेको तथ्यांकमा थपघट हुनसक्छ ।