देशमा भित्रिनेभन्दा ९१ अर्ब रुपैयाँ बढी बाहिरियो | OmkarTimes.com

काठमाडौं । गत जेठसम्म मुलुक भित्रने भन्दा ९१ अर्ब रुपैयाँ बढी रकम बाहिरिएको छ।

 

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको ११ महिने ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक गर्दै मुलुकको शोधनान्तर स्थिति (मुलुकमा भित्रने र बाहिरिने रकमको अन्तर) ९० अर्ब ८३ करोड रुपैयाँले घाटामा रहेको उल्लेख गरेको छ।

 

यो तथ्यांकअनुसार वस्तु तथा सेवा निर्यातबाट आउने रकम, प्रत्यक्ष वैदेशिक लगानी, विदेशी सहायता तथा ऋण, रेमिट्यान्यलगायत शीर्षक अन्य विभिन्न शीर्षकबाट मुलुक भित्रनेभन्दा यस्तै शीर्षकमा बाहिरिने रकम बढी भएको हो। यो खबर आजको कान्तिपुरबाट लिएका हौं।

 

खासगरी नेपालीले प्रयोग गर्ने वस्तु तथा सेवा विदेशबाटै अत्यधिक आयात गर्नुपर्दा शोधनान्तर घाटा झन्डै ९१ अर्ब पुगेको हो। यसले मुलुकको परिनिर्भरता झन् बढेको देखाउँछ।